
जम्मू– जम्मू र कश्मीर सरकारले करिब साढे पाँच लाख युवाहरूलाई मिशन युवा योजना अनुसार वित्तीय संस्थाहरू र केन्द्र र राज्य सरकारको संस्थाहरूको सहयोगबाट आर्थिक सहयोग र प्रशिक्षणको साथ आफ्नो व्यापार व्यवसाय सुरु गर्न सशक्त बनाएको छ।
‘योगता अनुसार रोजगार अन्र्तगत युवा पुरुष र महिलाहरूलाई आफ्नो उज्ज्वल भविष्य निर्माण गर्न पूर्ण रूपमा सहयोग गर्न ठोस कदमहरू चालिएको छ। यूवालाई उत्पादन, सेवा, खुद्रा, यातायात क्षेत्र, हस्तकला, कृषि सम्वन्धी र कृषि पूर्वाधार क्षेत्रहरूमा आफ्नै व्यवसाय एकाइहरू खोल्न सक्षम बनाउन धेरै सहयोग र आवश्यक विशेषज्ञता तालिम दिइँदैछ।
जम्मू कश्मिर प्रशासन युवाहरूको ऊर्जालाई उनीहरूका लागि परिष्कृत अवसरहरू सिर्जना गरेर स्वरोजगार बनाउन अघि सरेको छ ।