
काठमाडौँ । मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले घट्दै १ लाख ३ हजार ८ सय रुपैयाँमा झरेको हो ।
यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख ३ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैबीच चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै तोलाको १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।