जोडिनुहोस
शुक्रबार, फाल्गुन ९, २०८१
शुक्रबार, फाल्गुन ९, २०८१
  • होमपेज
  • नेप्से साढे १६ अंकले घट्यो, युनिलिभरका लगानीकर्ताले सर्वाधिक कमाए

नेप्से साढे १६ अंकले घट्यो, युनिलिभरका लगानीकर्ताले सर्वाधिक कमाए

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन मंगलबार १६.४० अंकले घटेको छ । नेप्से घटेसँगै अधिकांश कम्पनीको सेयर मूल्यमा पनि कमी आएको छ । तर, युनिलिभर नेपालका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस दिन युनिलिभरको सेयर मूल्य प्रतिकित्ता एक हजार १६९ रुपैयाँले वृद्धि भएको छ । मंगलबार यो कम्पनीको सेयर मूल्य ६.१२ प्रतिशतले वृद्धि भएर २० हजार २६९ रुपैयाँ कायम भएको छ ।

आज २५५ धितोपत्रको ४६ लाख ८५ हजार ८०९ कित्ता सेयर एक अर्ब ७८ करोड रुपैयाँमा खरिद–बिक्री भयो । यस दिन सर्वाधिक रकमको सेयर खरिद–बिक्री हिमालय डिष्ट्रिलरीको भएको छ । यो कम्पनीको सात करोड ७५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भयो । कारोबारमा आएका १३ मध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.३१ प्रतिशतले वृद्धि भएको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स ०.६८ प्रतिशतले वृद्धि भएर ४०१.६९ विन्दु कायम भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका