
काठमाडौं— आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको जारी त्रिकोणीय सिरिजमा आज स्कटल्याण्ड र नामिबियाबीच खेल हुदै छ ।
काठमाडौँको किर्तिपुरस्थित टीयु क्रिकेट ग्राउण्डमा यो खेल विहान ९ बजेदेखि शुरु हुने छ ।
मंगलबार सम्पन्न खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको छ भने नामिबियाले हारबाट सिरिजको शुरुवात गरेको छ ।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल अहिले २५ खेल खेल्दै २० अंकसहित छैटौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्ड अहिले ३२ खेलमा ४६ अंकसहित शिर्ष स्थानमा छ भने नामिबिया ३१ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।