
दाङ – दाङको देउखुरीमा चितुवाको आक्रमणबाट १७ बाख्रा मरेका छन् ।
लमही नगरपालिका–१ का वसन्तराज अधिकारीले पालेका १९ वटा बाख्रामध्ये १७ बाख्रा चितुवाले मारिदिएको हो । बाख्रा बाँधेर राखेको खोरभित्रै पसेर चितुवाले बाख्रामाथि आक्रमण गरेको हो ।
आफूले व्यावसायिक रुपमा पालेका बाख्रा मर्दा दुई लाख रुपैयाँ भन्दा बढी क्षति भएको पिडित किसान अधिकारीले बताउनुभयो ।