
काठमाडौँ– आज दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत प्रदेश १ का पहाडी भागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले आज बिहान जारी सूचनामा जनाइएको छ ।