
काठमाडौं । आठौं संस्करणको आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा आज बिहिबार एक खेल हुदैछ ।
दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको विश्वकपमा आज समूह ‘ए’ को खेल हुदैछ ।
आजको खेलमा समूह ‘ए’ मा रहेका अष्ट्रेलिया र श्रीलंकाबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।
दुई खेलमा अपराजित रहेका दुवै टोली आजको खेल जितेर सेमिफाईनल सम्भावना बलियो बनाउन चाहान्छन् ।
यी दुई देशबीच भएको पछिल्लो पाँच टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा अष्ट्रेलिया अपराजित रहेको छ ।
यस प्रतियोगिता २६ फेब्रुअरीसम्म जारी रहने छ । प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ ।
सहभागी १० टोलीलाई ५/५ टोलीको दुई समूहमा बिभाजन गरिएको छ । दुई समूहमा शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्ने छन् ।
समूह ‘ए’ मा आयोजक दक्षिण अफ्रिका,साबिक बिजेता अष्ट्रेलिया,श्रीलंका,बंगलादेश र न्युजिल्याण्ड रहेका छन् ।
समूह ‘बी’ मा दुई पुर्व बिजेताहरु इंग्ल्याण्ड र वेस्ट इण्डिज,आयरल्याण्ड,भारत र पाकिस्तान रहेका छन् ।