
काठमाडौँ । मोलुङ हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले यसअघि, आयोजना प्रभवित स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ बाँडफाँड गरिसकेको छ ।
कम्पनीले जारी पूँजीको ३४ प्रतिशत सेयर बिक्री गर्ने योजना बनाएको थियो । सोअनुसार २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता सेयर बिक्रीका लागि छुट्याएको थियो ।
यसमध्ये, २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा गएकाहरुलाई बाँडफाँड भइसकेको छ । यस्तै, सामूहिक लगानी कोषलाई १ लाख ३६ हजार ४२५ कित्ता सेयर र कर्मचारीका लागि ५४ हजार ५७० कित्ता सेयर छुट्याइएको थियो ।
बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो कम्पनीको सेयरमा फागनु १० गतेसम्म आवेदन दिन सकिने बताइएको छ ।