
काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६०० सय रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम भएको छ । हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम थियो ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ छ । हिजो बुधवार यसको मूल्य तोलामा १ लाख ३ हजार १०० रुपैयाँ थियो । यसै गरी, आज चाँदीको मूल्य पनि घटेको छ ।
महासंघका अनुसार आज बिहीबार चाँदीको मूल्य तोलामा १२ सय ८५ रुपैयाँ कायम छ । हिजो बुधवार चाँदी तोलामा १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो । आज तोलामा ५ रुपैयाँले घटेर चाँदीको कारोबार सुरु भएको हो ।