
बेइजिङ । पूर्वी चीनको जियाङ्सु प्रान्तमा बिहीबार बिहान एक भवनमा आगलागी हुँदा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।
उक्त घटनामा अन्य २८ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । सुझोउ शहरको सियाङचेङ जिल्लाको वेइटाङ बजारमा बिहान ६ः ०७ बजे भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
आगलागीका कारण भएका घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । घाइतेमध्ये दुई जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा सम्लग्न चिकित्सकले जनाएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।