
काठमाडौँ— भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
प्रत्येक १५—१५ दिनमा इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई मूल्यसूची उपलब्ध गराउँदै आएको छ ।
यसअनुसार, आज १६ तारिखमा नयाँ मूल्य सूची आएको हो ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १।९७ रुपैयाँ घटेर आएको छ ।
यस्तै, डिजेलको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँ आसपास घटेर आएको निगमले जनाएको छ ।
हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ ।