
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट राष्ट्रपतिको फागुन १३ गते सार्वजनिक गर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रले एमालेले उठाएको राष्ट्रपतिलाई भोट हाल्दैन भन्ने परिकल्पना नै गर्न नसकिने भन्दै १३ गते उम्मेदवारको टुंगो लगाउने बताए हुन् ।
त्यस्तै, ओलीले राष्ट्रपति निर्वचनलाई लिएर अहिलेको सत्ता समीकरण नबद्लिने बताएका छन । ओली सहमतिमा राष्ट्रपति निर्वाचन हुने दाबी गरे ।