
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ लाख २६ हजार ३ सय कतारी रियालसहित टर्कीस नागरिक पक्राउ परेका छन् । शनिबार दिउँसो टर्कीस नागरिक हिडिल क्यान सरिक्यामर कतारी रियालसहित पक्राउ परेका हुन् ।
एयर इण्डियाको उडानद्वारा दिल्ली जान लागेका बेला उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका टर्कीस नागरिक थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।