
काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युनाईटेडले लेस्टर सिटीलाई ३-० गोल अन्तरले हराएको हो ।
युनाईटेडको जितमा मार्कुस राषफोर्डले दुई गोल गरे । जाडोन सान्चोले एक गोल थपे ।
खेलको २५ औं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडले सुरुआती अग्रता दिलाएका थिए ।
५६ औं मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई २-० गोलको अग्रता दिलाए ।
त्यसपछि खेलको ६१ औं मिनेटमा सान्चोले गोल गर्दै युनाईटेडलाई ३-० गोलको जित दिलाए ।
जितसँगै युनाईटेडले २४ खेलमा ४९ अंक जोडेको छ ।
युनाईटेड तेस्रो स्थानमा रहेको छ ।
लेस्टर २४ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।