
काठमाडौं । आईसीसी लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पाँचौं खेलमा नामिबियाले स्कटल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ ।
यस सिरिजमा नामिबियाको यो अन्तिम खेल हो । यसअघि खेलेको तीन वटै खेलमा हार बेहोरेको नामिबिया एउटा सकरात्मक नतिजाको अपेक्षासहित मैदानमा उत्रिएको छ ।
नामिबिया पहिलो खेलमा नेपालसँग दुई विकेट, दोस्रो खेलमा स्कटल्याण्डसँग १० विकेट तथा तेस्रो खेलमा नेपालसँगै तीन विकेटले पराजित भएको थियो ।
नामिबिया लिग २ को ३३ खेलमा १८ जित, १४ हार र एक खेल नतिजाविहीनसहित ३७ अंकको साथमा अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।