
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने महासचिव डा.बेदुराम भुसालले बताए ।
उनका अनुसार, पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्म गरेका भेटवार्ता र विकसित राजनीतिक घटनाक्रमबारे बि्रफिङ गर्ने कार्यसूची छ । राष्ट्रपतिको निर्वाचनबारे निर्णय गरेर अगाडि बढ्ने पनि भुसालले बताए ।
अध्यक्ष नेपाललाई नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको छ । एमालेको प्रस्तावलाई चासोका साथ हेरिएको छ । तर एकीकृत समाजवादीले कुनै निर्णय लिएको छैन ।