कराँची–रिपोर्टर्स सेन्स फ्रन्टियर्स (आरएसएफ)ले पाकिस्तानमा बढ्दै गईरहेको मिडिया स्वतन्त्रतामा गम्भीर अवरोधका कारण पाकिस्तानलाई १८० देशहरू मध्ये ३७.९९ अंकका साथ १५७ औँ स्थानमा राखेको छ।
गत वर्ष आरएसएफको ग्लोबल मिडिया रेटिंगमा पाकिस्तान १४५ औँ स्थानमा थियो।
पाकिस्तानलाई पत्रकारका लागि विश्वको सबैभन्दा घातक देशको रूपमा वर्णन गर्दै, प्रत्येक वर्ष तीन देखि चार जना पत्रकारको हत्या भईरहेको जनाइएको छ ।