
काठमाडौं । दक्षिण अफ्रिकामा जारी रहेको आठौं संस्करणको महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल आज बिहिबार हुदैछ ।
पहिलो सेमिफाइनलमा साबिकको विजेता अष्ट्रेलिया र साबिकको उपविजेता भारतको बीचमा खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ मा केपटाउनमा हुनेछ ।
अष्ट्रेलिया समूह ‘ए’ को शीर्ष स्थानमा रहेको थियो । भारत समूह ‘बी’ को उपविजेता भएको थियो ।
अघिल्लो संस्करणमा भारतलाई ८५ रनले हराएर अष्ट्रेलियाले उपाधी जितेको थियो ।
पछिल्लो पाँच टी-ट्वान्टी खेलमा अष्ट्रेलियाले चार खेलमा जित हात पार्दा एक खेल भने बराबरी भएको थियो ।
अष्ट्रेलिया पहिलो संस्करणको विश्वकप बाहेक सबै संस्करणमा फाइनल पुगेको छ । भारत भने पहिलो पटक गत संस्करणमा फाइनल पुगेको हो ।
दोस्रो सेमिफाइनलमा शुक्रबार आयोजक दक्षिण अफ्रिका र इंग्ल्याण्डबीच खेल हुनेछ । दुवै सेमिफाइनलका विजेताले आईतबार फाइनल खेल्ने छन् ।