
काठमाडौँ । पछिल्लो समय निरन्तर घटिरहेको सुनचाँदीको मूल्यमा आज पनि गिरावट आएको छ । महिनाको सुरुवातमा तोलामा १ लाख ४ हजार रुपैयाँ रहेको सुनको मूल्य त्यसयता निरन्तर घटिरहेको छ । यसैक्रममा आज पनि सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा १ लाख २ हजार ४०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ९०० रुपैयाँ छ । हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो ।
महिनाको १२ दिनको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा १६ सय रुपैयाँको गिरावट आइसकेको छ । यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर १२ सय ७५ रुपैयाँ कायम छ ।