
उदयपुर । खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । २० वर्षीया युनिशा खत्री पौडेलको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बेलका नगरपालिका-९ भचुवा बस्ने उनका पति २७ वर्षीय विनोद पौडेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सोही नगरपालिका-६ स्थित जाल्पा वाबुङ्ला रमिते सामुदायिक बनमासँगै घाँस काट्न गएको अवस्थामा खुकुरी प्रहार गरी आफैले श्रीमतीको हत्या गरेको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।