
काठमाडौँ । राष्ट्रपतिको चुनावका लागि सहमति कायम गर्न जारी चार दलको बैठकमा थप तीन दल पनि सहभागी भएका छन् ।
पुरानो गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपाल प्रधानमन्त्री निवास बालुवाटरमा छलफलमा जुटेका हुन् ।
चार दलकाे बैठकमा लाेसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतकावरिष्ठ उपाध्यक्ष अबदुल खाँ र नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रंजिता श्रेष्ठ पनि थपिएका हुन्।