प्रदेश १ सरकारमा रहेका राप्रपाका मन्त्रीले भोलि राजीनामा दिने भएका छन्। काठमाडौंमा केन्द्रीय कार्यसम्पादन र ससंदीय दलको बैठकले संघीय सरकार र प्रदेश सरकार दुवैवाट राजीनामा दिने निर्णय लिएसँगै प्रदेश १ का राप्रपा मन्त्रीहरुले पनि राजीनामा दिन लागेका हुन् ।
राप्रपा प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले राप्रपाबाट सरकारमा सहभागी मन्त्रीले राीनमा दिन लागेको बताए । प्रदेश १ मा कृषिमन्त्री भक्तिनाथ सिटौला मात्रै रहेका छन् ।