
काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) को वार्षिक साधारणसभा सुर्खेतको विरेन्द्रनगरमा आजबाट सुरु हुँदैछ ।
पोखरामा गत माघमा बसेको क्यानको बोर्ड बैठकले साधारणसभा सुर्खेतमा फागुन १४ र १५ गते गर्ने निर्णय गरेको थियो ।
साधारणसभामा विभिन्न आठ एजेन्डामा छलफल हुनेछ । साधारणसभामा ४५ जिल्लाका प्रतिनिधि, २१ प्रदेश प्रतिनिधि, १७ केन्द्रीय सदस्य, ३ पर्यवेक्षक, अम्पायर र प्रशिक्षक गरी ८७ जना सहभागी हुने क्यानले जनाएको छ ।
सन् २०२२ मै आयोजना गर्नुपर्ने साधारणसभा क्यानले ढिला गर्न लागेको हो ।
साधारणसभाको उद्घाटन कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गर्ने बताईएको छ ।