
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नेपाली सेनाको अभिलेख सुरक्षित नरहेको र डाटा टर्की पुग्ने गरेको दाबी गरेकी छन् ।
नेविसंघले मंगलबार ललितपुरमा आयोजना गरेको अल नेपाल ह्याकाथन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली सेनाको डिजिटल अभिलेख सुरक्षित नरहँदा डाटाहरु टर्की पुग्ने गरेको आफूले जानकारी पाएको बताइन् ।
नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधिको विकास गर्नुपर्ने आवश्यकता औँल्याएकी उनले अन्यथा नेपालको सुरक्षासहित सबैखाले तथ्यांकहरू चोरी हुने जोखिम रहेको बताइन् ।