जोडिनुहोस
  • होमपेज
  • भारत मोरक्को बाट मल खरिद गर्दै

अन्तर्राष्ट्रिय

भारत मोरक्को बाट मल खरिद गर्दै

भारत मोरक्को बाट मल खरिद गर्दै

नयाँ दिल्ली– चीनले चीनले मल उत्पादन गर्न प्रमुख कम्पोनेन्टको निर्यात निलम्बन गरेपछि भारतले मोरक्कोबाट मल खरिद गर्ने भएको छ ।

चीनले मल उत्पादनको लागि चाहिने प्रमुख रसायन अमोनियम फास्फेटको निर्यात निलम्बन गरेपछि भारतले मल सुरक्षित गर्न मोरक्कोतिर फर्केको छ। मोरोक्कोले एक वर्षमा १.७ मिलियन मेट्रिक टन मल आपूर्ति गर्न भारतसँग सम्झौता भएको छ । सम्झौता अनुसार ओसीपी समूहले भारतलाई ७ लाख टन मल आपूर्ति गर्नेछ ।

मोरक्कोको मल उत्पादकले भारतीय किसानहरूलाई सिधै थप १० लाख टन मल उपलब्ध गराउने तयारी गरेको छ। मोरक्कोसँगको सम्झौतामार्फत, भारतले डाइमोनियम फस्फेट (डीएपी) र नाइट्रोजन, फस्फोरस र पोटासियम (एनपीके) बनाउन आवश्यक कच्चा पदार्थ रक फस्फेटको नियमित रुपमा खरिद गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help