जोडिनुहोस
शुक्रबार, फाल्गुन १५, २०८२
शुक्रबार, फाल्गुन १५, २०८२
  • होमपेज
  • देश र जनतालाई साक्षी राखेर इतिहासले सम्झिने काम गर्छु : प्रधानमन्त्री

देश र जनतालाई साक्षी राखेर इतिहासले सम्झिने काम गर्छु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो सङ्कल्प रहेको बताएका छन् ।

आइतबार बिहान इन्ट्रा नेसनल वेलफेयर एण्ड सर्पोट फाउन्डेसनद्वारा आयोजित विश्वभरिका नेपाली प्रतिभाहरूसँगको भेटघाटमा बोल्दै प्रधानमन्त्रीले भने, यस पटक म कुनै नराम्रो काम गर्दिनँ, नराम्रो काम हुन दिन्नँ । जति गर्छु– देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहासले सम्झिने, आउने पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु।’

सो अवसरमा प्रधानमन्त्रीले देश निर्माणको अभियानमा बलियो साथ दिन युवा पुस्तालाई अपिलसमेत गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका