
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने र विकेटकिपर तथा ओपनर अर्जुन साउद ‘द हन्ड्रेड’ क्रिकेट लिगको ड्राफ्टमा परेका छन् ।
द हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा नेपालका सन्दीप र अर्जुन अटाएका छन् । नेपालबाट ड्राफ्टमा सन्दीप र अर्जुन मात्र अटाएका छन् । सन्दीप र अर्जुन विदेशी कोटाको ड्राफ्टमा परेका हुन्।
ड्राफ्टमा सन्दीप र अर्जुनसहित ३ सय ६८ खेलाडी छन् । पहिलो संस्करणमा सन्दीपलाई ओभल इन्भिन्सिबल्सले ६० हजार पाउण्डमा अनुबन्ध गरेको थियो ।
तर, भिसा समस्याका कारण द हन्ड्रेड गुमाएका थिए । दोस्रो संस्करणमा भने सन्दीपलाई कुनैपनि क्लबले अनुबन्ध गरेको थिएन ।
आगामी संस्करंका लागि ड्राफ्ट मार्च २३ मा आयोजना हुनेछ । यस संस्करणको द हन्ड्रेड अगस्ट १ बाट सुरु हुँदैछ ।