
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख २ हजार ८०० रुपैयाँ पुगेको हो ।
यस्तै आइतबार तोजावी सुन तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य पनि सामान्य बढेको छ । शुक्रबार तोलामा १२६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १२७५ रुपैयाँमा कारोबार भएको हो।