जोडिनुहोस
  • होमपेज
  • ‘छक्कापञ्जा ४’ को भिडियो क्लिप बाहिरिएपछि साइबर ब्युरोमा उजुरी

‘छक्कापञ्जा ४’ को भिडियो क्लिप बाहिरिएपछि साइबर ब्युरोमा उजुरी

काठमाडौँ । ‘छक्कापञ्जा ४’ शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । फिल्मको विभिन्न भिडियो क्लिप अहिले सामाजिक संजालमा टिकटकलगायत सबैतिर भाइरल छ ।

फिल्मको डिजिटल अधिकार ओएसआर किनेको हो । फिल्मको विभिन्न क्लिप बाहिरिएपछि डिडिजल अधिकार किनेका ओएसआरले अहिले साइबर ब्युरोमा उजुरी दिएको छ । फिल्मको क्लिप सामाजिक संजालमा बिना अनुमति ल्याउनु गलत भएकोले साइबर ब्युरोमा उजुरी दिएको ओएसआरका ओम अग्रवालले बताए ।

‘कसैको सम्पत्तिमाथि खेलबाड गरेर गलत तरिकाले बाहिर ल्याउनु हुँदैन’ अग्रवालले भने ‘यसरी एकएक गर्दै फिल्मको सबै क्लिप बाहिरियो भने हामी त बरबाद हुन्छौ ।’ डिजिटल राइटका लागि ‘छक्कापञ्जा ४’ आफूले महँगो रकममा किनेको बताएका अग्रवालले पायरेसी जसरी पनि रोक्ने बताए ।

दीपक राज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको फिल्म ‘छक्कापञ्जा ४’ अहिले राम्रो व्यवसाय गरिरहेको छ । राजनीतिक र कमेडी बिषयमा निर्माण भएको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, रमेश बुढाथोकी, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा, नीर शाह, अनुराग कुवँर, राज आचार्य लगायतको मुख्य भूमिका रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका