
पोखरा । कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण हिमाल आरोहणका लागि नेपालमा आएकी छन् ।
राजकुमारी अल्थानी सोमबार म्याग्दीको दाना पुगेकी छन् । उनलाई म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा अन्नपूर्ण हिमाल आरोहणका लागि सोमबार आएका कतारकी राजकुमारी अल्थानी र आठ हजार मिटर अग्लो १४ वटा हिमाल आरोहण गरेका निर्मल पुर्जा (निम्स) लाई स्वागत गरिँएको छ ।
दाना कीर्तिमानी आरोही निम्सको जन्मथलो हो ।