
च्याम्पियन्स लिग फुटबल अन्तर्गत जर्मन महारथी बायर्न म्युनिख क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई २–० गोलले पराजित गर्दै समग्रमा ३–० को नतिजासहित बार्यनले अन्तिम ८ को यात्रा तय गरेको हो ।
खेलमा बायर्नका थोमस मुलर म्यान अफ द म्याच घोषित भए ।
बायर्नलाई घरेलु मैदानमा जित दिलाउन एरिक चुपो मोटिङले ६१ औं तथा सर्ज गनाब्रीले ८९ औं मिनेटमा गोल गरे ।
यो नतिजासँगै पिएसजीको यो सिजनको च्याम्पियन्स लिग यात्रा अन्तिम १६ बाट पूर्णविराम लागेको छ ।