जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिका विषयमा निर्णय गर्न रास्वपाको बैठक जारी

राष्ट्रपतिका विषयमा निर्णय गर्न रास्वपाको बैठक जारी

काठमाडौँ । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी र संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा जारी छ । राष्ट्रपतिमा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेल र एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङमध्ये कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय गर्ने केन्द्रीय सदस्य गणेश कार्कीले बताए ।

राष्ट्रपतिको चुनाव जारी रहेका बेला रास्वपाको बैठक बसेर निर्णय गर्न लागेको कार्कीले बताए । रास्वपाले राष्ट्रपतिमा काँग्रेस उम्मेदवार पौडेललाई मतदान गर्ने एक नेताले संकेत गरे ।

‘हामीले बैठक बसेर निर्णय गर्दै छौं । सबै विषयलाई आकलन गरेर निर्णय गर्ने छौं’ ति नेताले भने, ‘अब के निर्णय हुन्छ केही बेरमा थाहा पाइहाल्नुहुन्छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका