
काठमाडौं । प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनलाई साथ दिएको छ ।
रास्वपाको बैठकले राष्ट्रपतिका ९ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो ।
मतदान जारी रहेका बेला बसेको रास्वपा बैठकले पौडेललाई मत दिने निर्णय गरेको सो पार्टीका नेता तथा सांसद असिम शाहले बताए ।रास्वपाका प्रतिनिधि सभामा १९ सांसद मतदाता छन् ।