
काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ। नयाँ बानेश्वरसिस्थत संसद् भवनमा मतदान सकिएसँगै स्काईलाइट हलमा मतगणना सुरु भएको हो ।
राष्ट्रपतिको दौडमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी दौडमा रहेका छन् । बिहीबार बिहान १० देखि दिउँसो तीन बजेसम्म भएको राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खसेको थियो ।
मतदानमा कुल ८८४ जना मतदाता रहेकामा संघीय संसदतर्फ १५ जना तटस्थ रहे भने २ जना सांसद बिरामी रहेका कारण अनुपस्थित भए ।
यस्तै एकजना निलम्बित रहेका छन् भने एक जना सांसद फरार रहेका कारण मतदानमा सहभागी भएनन् । यस्तै रवि लामिछानेको एउटा पद रिक्त रहेको र अर्का एक जना सांसदको मृत्यु भएको अवस्था छ ।
यस्तै प्रदेशतर्फ ५५० मध्ये ५१८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।