
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार स्कुले बालबालिकासँगै देखिएका छन् । सो क्रममा सडकको फुटपाथमा पोलिएको मकै खाएको भन्दै ओलीले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
पोलेको मकै खाँदा एकदमै मज्जा आएको ओलीले बताएका । ‘पार्टी कार्यालयबाट घर फर्कँदै थिएँ, बाटोमा स्कुल छुटेर फर्किँदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो ’ ओलीले लेखेका छन्, ‘नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो।’
तस्बिरमा ओलीले सडकको फुटपाथमा स्कुले बालबालिकासँगै पोलेको मकै खाइरहेको देखिन्छ । सो क्रममा केहीसँग सेल्फी पनि खिचाएका थिए ।