
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रियाअन्तर्गत आज उम्मेदवारको मनोनयन पत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दाखिला हुँदैछ ।
त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दाखिला गर्ने कार्यक्रम छ ।
साथै शनिबार नै साँझ ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यक्रम छ । स्ववियु निर्वाचनको मतदान ५ चैतमा बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ ।