
काठमाडौं— इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई १—० गोल अन्तरले हराएको हो ।
सिटीको जितमा अर्लिङ हालाण्डले निर्णायक गोल गरे ।
खेलको ७८ औं मिनेटमा हालाण्डले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
जितसँगै सिटीले २७ खेलमा ६१ अंक जोडेको छ ।
सिटी अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
क्रिस्टल २७ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।