
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले यतिवेला देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।
सोमबार पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहने महाशाखाले जनाएको छ । आगामी केही दिन देशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।