
काठमाडौँ । दाङबाट प्रहरीले सामूहिक बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । २९ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई शनिबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आरोपीहरुले ती माहिलालाई बेलभार चोकदेखि करिब १ सय मिटर पश्चिममा रहेको खाली जग्गामा लगेर बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको छ । अस्थायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।