
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ ।आइतबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई १-० गोल अन्तरले हराएको हो ।
बार्सिलोनाको जितमा राफिन्हाले निर्णायक गोल गरे । राफिन्हाले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।
त्यस्तै बिल्बाओका इनाकी विलियमले ८७ औं मिनेटमा गरेको गोलले मान्यता पाएन ।
गोल अघिको फउलको कारण विलियमको गोलले मान्यता नपाएको हो । यस जितसँगै बार्सिलोनाले २५ खेलमा ६५ अंक जोडेको छ ।
बार्सिलोना शीर्ष स्थानमा यथावत रहेको छ । बिल्बाओ ३३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।