
काठमाडौं । मिडफिल्डर आरोन राम्से वेल्स फुटबल टिमका नयाँ कप्तान चयन भएका छन् ।
वेल्सका मुख्य प्रशिक्षक रोब पेजले राम्सेलाई कप्तान नियुक्त गरेको हो । यस्तै बेन डेभिसअलाई उपकप्तान चयन गरेको छ ।
वेल्सका कीर्तिमानी गोलकर्ता तथा कप्तान ग्यारेथ बेलले गत जनवरीमा अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।
अब राम्सेको कप्तानीमा वेल्सले युरोकप २०२४ को छनोट खेल खेल्नेछ । छनोट अन्तर्गत वेल्सले यसै महिना क्रोएसिया र लात्भियासँग खेल्नेछ ।