
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले पाहुना टोली युएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईविरुद्ध पहिले बलिङ गरिरहेको छ । ब्याटिङ गरिरहेको युएईविरुद्ध नेपाललाई तेस्रो विकेटको सफलता मिलेको छ ।
युएईका सिपि रिजवान ७ रनमा रन आउट भए । युएईले २३ ओभरमा ३ विकेट गुमाएर ११८ रन जोडेको छ ।