जोडिनुहोस
  • होमपेज
  • उपप्रधानमन्त्री श्रेष्ठसँग बंगलादेशका राजदूतको शिष्टाचार भेट

उपप्रधानमन्त्री श्रेष्ठसँग बंगलादेशका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच बिहीबार मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले दूरीका हिसाबले बंगलादेश नेपालको तेस्रो नजिकको छिमेकी मित्रराष्ट्र भएको बताए । उनले दुवै कम विकसित राष्ट्र भएकाले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले कतारमा भएको अति कम विकसित मुलुकको सम्मेलनका क्रममा बंगलादेशका प्रधानमन्त्रीसँग आफूले भेटवार्ता गरेको पनि स्मरण गरे । उनले बंगलादेश र नेपाल नजिकका र पुराना मित्रराष्ट्र भएको उल्लेख गरे ।

भेटवार्ताका क्रममा राजदूत चौधरीले पनि नेपाल आफूहरूको नजिकको मित्रराष्ट्र भएको उल्लेख गरेका थिए । आफू नेपालमा राजदूत भएर आएको दुई वर्ष भइसकेको उल्लेख गर्दै राजदूत चौधरीले त्यसक्रममा नेपाल र नेपाली आफूलाई धेरै मन परेको बताए ।

उनले बंगलादेशको राष्ट्रिय दिवस (नेसनल डे) को अवसरमा २० मार्चमा हुने कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठलाई आग्रह पनि गरे । उक्त कार्यक्रम नेपालस्थित बंगलादेशी दूतावासले आयोजना गर्ने उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका