
काठमाडौँ— मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार पहाडी र तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
शुक्रवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने तथा पहाडी भू–भागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शुक्रवार राति पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।
शनिवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहँदै पहाडी भूभागका केही स्थान तथा तराई भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।