
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज चैत ३ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०८ पैसा र बिक्री दर १३२ रुपैयाँ ६८ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ २० पैसा र बिक्री दर १४० रुपैयाँ ८४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ०९ पैसा र बिक्री दर १५९ रुपैयाँ ८१ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १८ पैसा र बिक्री दर ३६ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।