
काठमाडौं । च्याम्पियन्स लिगको साविक विजेता रियलले मड्रिडले क्वाटरफाइनलमा चेल्सीसँग खेल्ने भएको छ । शुक्रबार भएको ड्र अनुसार स्पेनी महारथी रियलले इंग्लिस क्लब चेल्सीसँग खेल्ने भएको हो ।
यस्तै अर्को इंग्लिस क्लब म्यानचेष्टर सिटीले जर्मन महारथी वायर्न म्युनिखसँग क्वाटरफाइनल खेल्नेछ । दुई इटालियन क्लब एसी मिलान र नापोलीबीच अल इटालियन क्वाटरफाइनल हुनेछ । अर्को इटालियन क्लब इन्टरले पोर्चुगिज क्लब बेनफिकासँग खेल्नेछ ।
एसी मिलान र इन्टर दशकपछि क्वाटरफाइनल पुगेका हुन् भने नापोली पहिलो पटक क्वाटरफाइनल खेल्ने लागेको हो । रियल र चेल्सी तथा वायर्न र सिटीबीचको विजेता सेमिफाइनलमा भिड्नेछन् ।
यस्तै मिलान र नापोली तथा इन्टर बेनफिकाबीचको विजेताले अर्को सेमिफाइनल खेल्नेछन् । इन्टर विजेता बने सेमिफाइनल पनि अल इटालियन खेल हुनेछ ।
यस्तै चेल्सी र सिटी दुवै विजयी भए अर्को सेमिफाइनल पनि अल इंग्लिस हुने सम्भावना छ ।
क्वाटरफाइनल पहिलो लेगको खेल आगामी अप्रिल ११-१२ मा हुनेछ भने दोस्रो लेग अप्रिल १८-१९ मा हुनेछ । यस्तै सेमिफाइनल पहिलो लेग मे ९-१० र दोस्रो लेग मे १६-१७ मा हुनेछ । च्याम्पियन्स लिग फाइनल जुन १० मा टर्कीएको इस्तानबुलस्थित अटाटुर्क ओलम्पिक स्टेडियममा हुनेछ ।