काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले चिवनमा क्रिकेट स्डेडियम बनाउन सरकारलाई आग्रह गरेका छन् ।
संसदकै शून्य समयमा उनले धुमुस सुन्तलीले बनाउन थालेर पूरा गर्न नसकेको चितवनको क्रिकेट स्टेडियम सरकाले जिम्म लिएर अघि बढाउनु पर्ने बताए ।
‘सरकारले विजेता टोलीलाई एक दुई लाख रुपैयाँ पुरस्कार घोषणा गरेर मात्र काम चल्दैन,’ उनले भने, ‘त्यो चिवतनको स्टेडियम त्यत्तिकै थन्किएर बसेको छ वेवारिसे भएर, त्यसलाई सरकारले तुरुन्त लिनु प¥यो र निर्माण सम्पन्न गर्नु पर्यो ।’
पन्तले त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेर कीर्तिपुरको क्रिकेट स्टेडियमलाई विस्तार गर्न र मुलपानीको क्रिकेट स्टेडियम बनाउन पनि माग गरे ।
खेलाडीहरुसँग अपेक्षा गर्ने, जितेको बेलामा एक दुई लाख रुपैयाँ पुरस्कार घोषणा गर्ने र अघिपछि कानमा तेल हालेर बस्ने गरेको भन्दै उनले आपत्ति जनाए ।