एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा रियल म्याड्रिडलाई पराजित गरेको छ । घरेलु मैदानमा बार्सिलोना २–१ ले विजयी भएको हो ।
आत्मघाती गोलले पछाडि पर्नुका बावजुत बार्सिलोनाले एल क्लासिकोमा महत्वपूर्ण जित निकाल्न सफल भएको हो । बार्सिलोनाको जितमा सजी रोबर्टो र फ्रान्क केस्सीले गोल गरे ।
स्पोटिफाई क्याम्प नोउमा आइतबार राति भएको खेलको नवौं मिनेटमा रोनाल्ड एराउजोको आत्मघाती गोलबाट बार्सिलोना खेलमा पछि परेको थियो । ४५औं मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।
८१औं मिनेटमा मार्को एसेन्सियोले गोल गरेपछि भिएआरबाट मान्यता नपाउँदा रियल अग्रता लिनबाट चुक्यो । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा फ्रान्क केस्सीले एलेक्स बाल्डेको पासमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण ३ अंक दिलाए ।
यस जितसँगै बार्सिलोनाले पछिल्लो तीन खेलमा रियललाई हराउन सफल भएको छ । १६ अक्टोवर २०२२ मा ३–१ को जित निकाले यता रियलले जित निकाल्न सकेको छैन ।
यस जितसँगै बार्सिलोनाले १२ अंकको स्पष्ट अग्रता लिदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । बार्सिलोनाको २६ खेलबाट ६८ अंक पुगेको छ । पराजित रियलको ५६ अंक छ ।