
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवको राजीनामा स्वीकृत गरेको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा निर्वाचित भएको मिति चैत ३ गते देखी लागु हुने गरी राजीनामा स्वीकृत गरेको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
उनका अनुसार उपराष्ट्रपति यादवले दिएको साधारण सदस्यसमेत नरहने गरी दिएको राजीनामा स्वीकृत गरिएको हो ।
जसपा नेपालको महासचिवसमेत रहेका यादव गत चैत ३ गते तेस्रो कार्यकालका उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।