काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेपालको वर्तमान घटनाक्रमले देश अस्थिरतातिर जाने संभावना बढेको बताएका छन् । गठबन्धनबाट देशको भविष्य नरहेको उनले टिप्पणी गरेका छन ।
सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन आरोप लगाएका छन् ।
निर्वाचनको नतिजा अनुसार प्रतिपक्षमा बस्ने तयारी गरे पनि राजनीतिक समीकरण बदलिने स्थित आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको स्मरण उनले गरे । त्यो बेला नै केही समझदारीका साथ सरकारमा गएपनि प्रचण्डले धोका दिएको आरोप लगाए ।
एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान सञ्चालन गरेको पौडेलको भनाइ रहेको छ ।